नियम २०
उपसमिति गठन गर्ने
(१) कोषको काम कारबाईको सम्बद्र्धन तथा विकास गर्न समितिले
आवश्यक वा उपयुक्त देखेमा विदेशी मुलुकमा समेत उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमितिमा समितिले मनोनीत गरे बमोजिमका सदस्यहरु रहनेछन् ।
(३) उपनियम (१) बमोजिम गठन गरिने उपसमितिमा सो मुलुकमा रहेको नेपाली
राजदूतावास वा नियोगका प्रमुखलाई समितिले पदेन सदस्य तोक्न सक्नेछ ।
 
दोस्रो संशोधनद्वारा झिकिएको ।
 दोस्रो संशोधनद्वारा संशोधित ।
 
द्रष्टव्य ः नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु ः
(क) “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
(ख) “श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष” को सट्टा “राष्ट्रिय प्रकृति संरक्षण कोष” ।