नियम ४
उपसमिति वा कार्य टोली गठन गर्न सक्ने
: (१) केन्द्रीय बाल कल्याण समितिले आफुले गर्नु पर्ने कुनै काम सुचारु रुपले गर्नको निमित्त सम्बन्धित विशेषज्ञ तथा सामाजिक कार्यकर्ताहरु समावेश गरी आवश्यकतानुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीको काम कर्तव्य र अधिकार तथा कार्यविधि केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीको काम कर्तव्य र अधिकार तथा कार्यविधि केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।