नियम १०
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
: (१) जिल्ला बाल कल्याण समितिले आफुले गर्नु पर्ने कुनै काम सुचारु रुपले गर्नको निमित्त सम्बन्धित विशेषज्ञ तथा सामाजिक कार्यकर्ताहरु समेत समावेश गरी आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि जिल्ला बाल कल्याण समितिले तोकि दिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि जिल्ला बाल कल्याण समितिले तोकि दिए बमोजिम हुनेछ ।