नियम १०
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) कोषको काममा सघाउ पु¥याउन समितिले आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा अन्य व्यवस्था त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले तोकिदिए बमोजिम हुनेछ ।