नियम
उपाध्यक्षको निर्वाचन
(१) उपाध्यक्षको निर्वाचन अध्यक्षले तोकेको दिन र समयमा हुनेछ । (२) उपनियम (१) बमोजिमको उपाध्यक्षको निर्वाचन सम्बन्धी सूचना महासचिवले प्रकाशन गर्नेछ । (३) उपनियम (२) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने अनुसूची–१ बमोजिमको ढाँचामा प्रस्तावको सूचना महासचिवलाई दिनु पर्नेछ । (४) उपाध्यक्षको निर्वाचन सम्बन्धी अन्य प्रक्रिया अध्यक्षको निर्वाचनको लागि निर्धारित प्रक्रिया बमोजिम हुनेछ ।