दफा २४
उप–कुलपति
(१) उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) उप–कुलपति पदमा नियुक्तिको लागि सिफारिश पेश गर्न कुलपतिबाट सह–कुलपतिको अध्यक्षतामा सभाका अन्य दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिशमा कुलपतिबाट उप–कुलपतिको नियुक्ति हुनेछ ।
(३) उप–कुलपतिको पदावधि चार वर्षको हुनेछ ।
(४) उपकुलपतिको अनुपस्थितिमा निजको काम कुलपतिबाट व्यवस्था भए बमोजिम हुनेछ ।
(५) उप–कुलपतिको पारिश्रमिक र सुविधा तथा सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।