नियम १९
उप–समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि
१९. उप–समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि
(१)ऐनको दफा ६ को उपदफा (१) बमोजिम गठित उप–समितिहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) विषादीको आयात, निर्यात, उत्पादन तथा विक्री वितरण गर्ने कार्यलाई सुचारुरूपले संचालन गर्नको लागि समितिलाई आवश्यक सल्लाह उपलव्ध गराउने ।
(ख) विषादीको आयात, निर्यात, उत्पादन तथा विक्री वितरण गर्ने कार्यलाई सुचारुरूपले संचालन गर्न समितिले तोकेको अन्य कार्यहरू गर्ने ।
(२) उप–समितिहरूको बैठक सम्बन्धी कार्यविधि समितिले तोकेबमोजिम हुनेछ