दफा ३१
उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा
: यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदान, मतगणना वा निर्वाचनको परिणामको घोषणाको काम रोकिने छैन र त्यस्तो काम कानून बमोजिम भएको मानिनेछ ।