नियम १७
उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने
निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन अधिकृतले नियम १५ बमोजिम मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावलीको सूची आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एकप्रति आयोगमा पठाउनु पर्नेछ ।