दफा ११
उम्मेदवारको योग्यता
निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेकोहुनुपर्नेछः-
(क) वंशजको आधारमा नेपाली नागरिक भएको,
(ख) कम्तीमा पैँतालीस वर्ष उमेर पूरा भएको,
(ग) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको,
(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरण: खण्ड (ङ) को प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।