नियम ११
उम्मेदवारले नाम फिर्ता लिन सक्ने
(१) नियम १० बमोजिम उम्मेदवारको नामावली प्रकाशन भएपछि कुनै उम्मेदवारले ऐनको दफा २३ बमोजिम नाम फिर्ता लिन चाहेमा अनुसूची–७ बमोजिमको ढाँचामा निर्वाचन अधिकृतसमक्ष लिखित सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै उम्मेदवारको नाम फिर्ता लिने निवेदन प्राप्त भएमा निर्वाचन अधिकृतले सो सम्बन्धमा जाँच गर्दा व्यहोरा मनासिब देखेमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ ।