दफा १२६
ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्विडेशन)
(१) दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा बाहेक कम्पनीका शेयरधनीहरुले साधारण सभामा विशेष प्रस्ताव पारित गरी वा प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा लेखिएका व्यवस्थाहरुका अधीनमा रही कम्पनी खारेज (लिक्विडेशन) गर्न सक्नेछन्।
(२) देहायको अवस्था विद्यमान भएमा यस ऐन बमोजिम कुनै कम्पनी खारेज गर्न सकिनेछ :
(क) पूर्णरुपमा आफ्नोऋण वा अन्य दायित्व तिर्न कम्पनी सक्षम भएमा,
(ख) दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम कम्पनीको दामासाही पुनरावलोकन सम्बन्धी निवेदन उपर कारबाही चलिरहेको अवस्था नरहेमा वा सो कम्पनी कुनै पनि प्रकारले दामासाही सम्बन्धी प्रचलित कानून अन्तर्गत दामासाही सम्बन्धी कारबाहीमा पर्ने अवस्था नरहेमा,
(ग) उपयुक्त छानबिन पश्चात ऋण तथा अन्य दायित्वहरु पूर्ण रुपमा भुक्तानी गर्न कम्पनी सक्षम छ र त्यस्तो कम्पनीको तर्फबाट भुक्तानी गर्नु पर्ने ऋण तथा दायित्व सो कम्पनी खारेज गर्ने प्रस्ताव पारित भएको मितिले एक वर्षभित्र चुक्ता गर्न वा अन्य कुनै पनि प्रक्रियाबाट पूर्ण रुपमा छिनोफानो गर्न सकिन्छ भन्ने बारेमा सञ्चालकहरुले लिखित उद्घोषण गरेको भएमा,
(घ) सञ्चालकले खण्ड (ग) अनुसार गरेको लिखित उद्घोषण त्यस्तो कम्पनी खारेज गर्ने विषयमा छलफल गर्ने बारेमा बोलाइएको साधारण सभामा पेश गरेको वा सो विषयमा साधारण सभामा छलफल हुँदा कै समयमा त्यस्तो उद्घोषण गरेको भएमा ।
(३) यस दफा बमोजिम कम्पनी खारेज गर्ने सम्बन्धमा पारित विशेष प्रस्ताव र सञ्चालकहरुको लिखित उद्घोषणको एक प्रति सो प्रस्ताव पारित भएको मितिले सात दिनभित्र कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।