नियम १२
ऋण लगानी
(१) वेरोजगार ले स्वरोजगार कार्यक्रम सञ्चालनको लागि आवश्यक ऋण लिनको लागि आफ्नो व्यवसायिक योजनाको आधारमा कार्यविधि बनाई जिल्ला संयोजन तथा अनुगमन समिति मार्फत बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदन परेपछि सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले आफ्नो प्रक्रिया अनुसार बढीमा दुई लाख रुपैयाँसम्मको
ऋण स्वीकृत गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋण स्वीकृत भएपछि सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगार मूलक व्यवसाय पूर्ण रुपमा ऋणको सावाँ, व्याज भुक्तानी नगरुन्जेल ऋणको सुुरक्षणको रुपमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले धितो राख्नेछ ।
(३) सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले उपनियम (१) बमोजिम ऋण स्वीकृत गरेपछि प्रत्येक पन्ध्र—पन्ध्र दिनमा सोको सोधभर्नाको लागि तोकिएको विवरण सहित कोषमा निवेदन दिनु पर्नेछ । कोषले सोको आधारमा ऋणको सोधभर्ना सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई निकासा दिनेछ ।