दफा १७
ऋण लिन सक्ने
: (१) जाँचबुझ अधिकारीले कम्पनीलाई चालू राख्न वा कम्पनीको नियमित
कारोबार सञ्चालन गर्न कुनै रकम आवश्यक भएको ठानेमा आवश्यक सुरक्षण दिई वा नदिई कुनै व्यक्तिबाट ऋण लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको ऋण दामासाहीसम्बन्धी कारबाहीको जाँचबुझ अवधिमा खर्च गरेको रकम मानिनेछ र त्यस्तो रकमलाई यस ऐनमा व्यवस्था भएबमोजिमको प्राथमिकताका क्रममा भुक्तानी गर्नु पर्नेछ ।
तर ऋण लिनका लागि कम्पनीले दिएको सुरक्षण पहिले नै कसैलाई सुरक्षणबापत दिइसकेको रहेछ भने त्यसउपर दाबी पुग्ने अन्य व्यक्तिसँग सोका लागि जाँचबुझ अधिकारीले सम्झौता गरेकोमा बाहेक त्यस्तो सुरक्षणउपर दाबीको प्राथमिकताक्रम कायम रहने छैन ।