दफा ५६
ऋण स्वीकार भएमा साहू मानिने
:(१) दामासाहीमा परेको कम्पनीउपर दाबी गर्ने व्यक्तिको
ऋण दाबी यस परिच्छेदबमोजिम स्वीकार भएमा निजले साहूको हैसियत प्राप्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको हैसियत प्राप्त गर्ने व्यक्तिले साहूको सभामा भाग लिने, स्वीकृत ऋण दाबीको हदसम्म मतदान गर्ने र यस ऐनबमोजिम ऋण रकमको भुक्तानी प्राप्त गर्ने अधिकार प्राप्त गर्नेछ ।