नियम १३
ऋणको बीमा
(१) स्वरोजगार कार्यक्रम अन्तर्गत लगानी हुने ऋणको एकमुष्ट बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा न्यूनतम प्रिमियम लिने कुनै एक वा सो भन्दा बढी बीमा कम्पनीको छनौट कोषले गर्नेछ ।
(३) यस नियम बमोजिमको बीमाले खराव ऋणी बाहेकको अन्य सबै जोखिमको बहन गर्नेछ ।