दफा १६
ऋणपत्र र ब्याज भुक्तानी पूर्जाको प्रतिलिपि दिने

ऋणपत्र धनीले सो ऋणपत्र वा सो को ब्याज भुक्तानी पूर्जा वा दुवै हराएको, चोरिएको वा नष्ट भएको वा अक्षर मेटिई अस्पष्ट भएको वा च्यातिएको भनी प्रमाण सहित बैङ्कमा लिखित निवेदन गर्न आएमा र उक्त प्रमाणबाट बैङ्कलाई चित्त बुझेमा बैङ्कले तोकेको दस्तुर लिई, तोकेका शर्तहरू पूरा गर्न लगाई उक्त निवेदकलाई सो ऋणपत्र वा ब्याज भुक्तानी पूर्जा वा दुवैको प्रतिलिपि दिन सक्नेछ ।