दफा १९
ऋणपत्रका सम्बन्धमा यसै ऐनबमोजिम हुने
(१) ऋणपत्रका सम्बन्धमा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिए जतिका कुरामा यसै ऐनबमोजिम हुनेछ |
(२) धितोपत्रसँग सम्बन्धित प्रचलित कानूनमा उल्लिखित व्यवस्थाहरू ऋणपत्रका सम्बन्धमा लागू हुने छैनन्।