नियम ६
ऋणपत्रको नामसारी गर्ने तरिका
(१) स्टक ऋणपत्रको नामसारी गर्न विभाग समक्ष निवेदन पर्न आएमा विभागले त्यस्ता ऋणपत्र लिने दिने दुवैलाई सनाखत गराई नामसारी
वापत प्रति प्रमाणपत्र एक सय रुपैयाँ दस्तुर लिई बैङ्कले खातामा सो स्टक ऋणपत्र लिने व्यक्तिको नाम दर्ता गरी नामसारी गरिदिनेछ ।
तर फर्म, कम्पनी वा संस्थाले स्टक ऋणपत्र लिने दिने भएकोमा त्यस्तो फर्म, कम्पनी वा संस्थाको धनी वा आधिकारिक प्रतिनिधिबाट सनाखत गराई स्टकको नामसारी गर्न सकिनेछ ।
(२) प्रमिशरी नोट नामसारी गर्नु पर्दा लिने दिने दुवैले प्रमिशरी नोटको प्रमाणपत्रमा तोकिएको स्थानमा आफ्नो नाम, ठेगाना, नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने प्रमाणपत्रको नम्बर र मिति स्पष्ट रुपमा उल्लेख गरी दस्तखत गरिदिएमा सो प्रमिशरी नोट नामसारी भएको मानिनेछ ।