नियम ७
ऋणपत्रको सावा भुक्तानी दिइने तरिका
(१) स्टक वा प्रमिशरी नोट ऋणपत्रको साँवाको भुक्तानी अवधि पूरा भएपछि धनीले बैङ्कको कार्यालय, इजाजतपत्र प्राप्त बैङ्क वा
वित्तीय संस्था वा बजार निर्मातामा ऋणपत्र प्रस्तुत गरी सो ऋणपत्रको पृष्ठ भागमा साँवा भुक्तानी प्राप्त गरेको दस्तखत गरेपछि साँवाको भुक्तनी गरिनेछ ।
तर इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्था वा बजार निर्मातामा धितोमा राखिएका ऋणपत्रको साँवा ब्याज भुक्तानी त्यस्तो ऋणपत्र धितोमा राखिएको कागजातको आधारमा सम्बन्धित बैङ्क, वित्तीय संस्था वा बजार निर्मातालाई दिनु पर्नेछ ।
(२) बियरर बण्ड र प्राइज बण्डको सावाको भुक्तानी अवधि पूरा भएपछि सो बियरर बण्ड र प्राइज बण्ड बैङ्क समक्ष प्रस्तुत गर्ने वाहकलाई सो बण्डको साँवा भुक्तानी दिनुपर्नेछ ।