दफा १०
ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने
(१) बैंक वा वित्तीय संस्थालाई तिर्नु पर्ने ऋणको भाखा नाघी कालो सूचीमा परेको ऋणीले आफूले तिर्नु पर्ने कर्जा नतिरी स्वदेश वा विदेशस्थित बैंक वा वित्तीय संस्थामा खाता खोली रकम राख्न वा त्यस्तो खातालाई निरन्तरता दिन वा सञ्चालन गर्न वा अन्य कुनै तरिकाले कुनै चल वा अचल सम्पत्ति खरिद गर्न वा त्यस्तो सम्पत्ति उपर कुनै तरिकाले हकभोग प्राप्त गर्न हुँदैन । तर, (क) ऋण तिर्ने प्रयोजनको लागि खाता खोल्न वा खातामा तीस दिनसम्म रकम राख्न र चेकबाट कर्जा भुक्तानी गर्न सक्नेछ । (ख) दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनको लागि तोकिए बमोजिमको रकमको हदसम्म ऋणीे स्वदेश वा विदेशमा रहेका बैंक खाताहरुबाट रकम निकाल्न सक्नेछ ।