दफा ८७
एउटै फिरादपत्र दिन सक्ने

(१) कुनै व्यक्तिले अर्को व्यक्ति विरुद्ध देवानी प्रकृतिको कुनै दाबी र त्यससँग सम्बन्धित जतिसुकै विषय भएपनित्यस्तो विषयमा एउटै फिरादपत्र दायर गर्न सक्नेछ ।
(२) कसैले एकैपटक एउटै फिराद दिए हुने विषयमा सो नगरी पहिले दिएको मुद्दाको परिणाम विचार गरी त्यसको आधारमा पछिफिराद दिन आएमा त्यस्तो फिराद लाग्ने छैन ।