दफा ११
एकद्वार प्रणाली सम्बन्धी व्यवस्था

११. एकद्वार प्रणाली सम्बन्धी व्यवस्था

विदेशी लगानी एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन देहाय बमोजिमको व्यवस्था मिलाइनेछ ः–

११.१ अनुमति र दर्ता

११.१.१ विदेशी लगानी एवं प्रविधि अन्तर्गत स्थापना हुने उद्योगहरूको अनुमति, सुविधा र अन्य प्रशासनिक सेवाहरू विभिन्न निकायका बीच समन्वयकायम गरी छिटोछरितो तवरले उपलब्ध गराउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको औद्योगिक प्रवद्र्धन बोर्डलाई केन्द्रबिन्दु बनाई उद्योग विभागलाई एकद्वार सेवा प्रदान गर्ने निकायको रूपमा संगठित गरिनेछ ।

११.१.२ विदेशी लगानीमा स्थापना हुने उद्योगहरूको स्थापनाका लागि दर्ता, जग्गा, विद्युत, पानी आदि पूर्वाधार सेवाको उपलब्धि तथा कर सम्बन्धी अन्य सुविधाहरू एकैथलोबाट उपलब्ध गराउन निम्नानुसारको एकद्वार समिति गठन गरिनेछ ः– एकद्वार समिति

१. महानिर्देशक, उद्योग विभाग – संयोजक
२. सहसचिव, उद्योग मन्त्रालय – सदस्य
३. सहसचिव, अर्थ मन्त्रालय – सदस्य
४. सहसचिव, वाणिज्य मन्त्रालय – सदस्यट
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
५. मुख्य नियन्त्रक, नेपाल राष्ट्र बैंक – सदस्य

११.१.३ विदेशी लगानी तथा प्रविधि हस्तान्तरणका लागि उद्योग विभागमा आवेदन प्राप्त भएको बढीमा ३० दिनभित्र बोर्डको निर्णयनुसार उद्योग विभागले अनुमति दिने वा नदिने जानकारी गराउनेछ ।

११.१.४ विदेशी लगानी अनुमति प्रदान गर्दा पाउने सुविधा सहुलियतहरू अनुमतिपत्रमा तोकिनेछ ।
११.१.५ विदेशी लगानीको अनुमति प्राप्त भएको ३५ दिनभित्र उद्योग दर्ताका लागि उद्योग विभागमा निवेदन दिनुपर्नेछ । अनुमति प्राप्त उद्योगको दर्ताका लागि निवेदन प्राप्त भएको २ दिनभित्र दर्ता गरिनेछ ।
११.२ संस्थागत व्यवस्था
११.२.१ विदेशी लगानी प्रवद्र्धन, इजाजत, अनुमति, सुविधा तथा प्रशासनिककार्यहरू एकद्वार प्रणालीबाट सम्पन्न गर्न उद्योग विभागको सुधार र संगठनात्मक विस्तार गरिनेछ । यस विभागको स्तरोन्नति गराई अतिरिक्त सचिव स्तरको महानिर्देशकको व्यवस्था गरिनेछ ।
११.२.२ अर्थ मन्त्रालय र यस अन्तर्गतका विभागहरू, वाणिज्य विभाग, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग जस्ता निकायहरूले उपलब्ध गराउने विभिन्न सुविधाहरू एवं सेवासम्बन्धी अधिकार एकद्वार समितिले उपयोग गर्ने गरी प्रत्यायोजन गरिनेछ ।
११.३ अन्य व्यवस्था यस नीतिले उपलब्ध गराउने भनेको अवधि किटिएको सुविधाहरू नीतिमा परिवर्तन भए तापनि यस नीति अन्तर्गत स्थापित उद्योगलाई यसै नीतिअनुरूप सुविधाको प्रत्याभूति दिइनेछ ।

विदेशी लगानीका लागि अनुमति प्रदान गरिने उद्योगहरू
१. हातहतियार, खरखजाना उत्पादन गर्ने रक्षासम्बन्धी उद्योगहरू
२. चुरोट, बिँडी
३. मदिरा (शतप्रतिशत निकासी गर्ने बाहेक)