दफा १३
एकभन्दा बढी राहदानी जारी गर्न सकिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राहदानीको बहाल रहने अवधि बाँकी रहँदै देहायको अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछः-
(क) कूटनीतिक वा विशेष राहदानीबाहकले साधारण राहदानी प्राप्त गर्न निवेदन
दिएमा,
(ख) साधारण राहदानीबाहकले प्रचलित कानूनबमोजिम कूटनीतिक वा विशेष
राहदानी प्राप्त गर्न निवेदन दिएमा ।