दफा १५
एकीकृत वार्षिक कार्यक्रम बनाउने
दफा १४ बमोजिम प्राप्त भएको वार्षिक कार्यक्रम बोर्डले आवश्यकता अनुसार पुनरावलोकन गरी सडक मर्मत सम्भार सम्बन्धी एकीकृत वार्षिक कार्यक्रम बनाउनेछ र त्यस्तो कार्यक्रमको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ ।