दफा २१८
एकैसाथ सुनुवाई गरी निर्णय गर्नु पर्ने

(१) एकै मुद्दामा तल्लो अदालतले गरेको निर्णय उपर मुद्दाका विभिन्न पक्षको बेग्लाबेग्लै पुनरावेदन परेको रहेछभने पनि सबै पुनरावेदन उपर एकैसाथ सुनुवाई गरी ठहरे बमोजिम निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्णय गर्दा कारणवस कुनै पुनरावेदनको पहिले नै निर्णय भइसकेको रहेछ भने पनि बाँकी पुनरावेदनबाट मुद्दामा ठहरेबमोजिम निर्णय गर्नु पर्नेछ ।