नियम ९
ऐनको दफा ८ अन्तर्गत मूल्याङ्कन र सम्पत्ति करको निर्धारण गर्दा विचार राख्नु पर्ने कुराहरू
सम्पत्ति कर अधिकृतले ऐनको दफा ८ अन्तर्गत कुनै व्यक्तिको घर जग्गा र विदेशी लगानीको मूल्याङ्कन र त्यसमा सम्पत्ति करको निर्धारण गर्दा सकभर निम्नलिखित कुराहरूको बिचार राख्नु पर्छ:-
(क) कर इन्स्पेक्टर वा अरु कसैको गोप्य प्रतिवेदन परेको भए सो प्रतिवेदन, र
(ख) कर इन्स्पेक्टर वा अरु कसैद्वारा त्यस्ता घर जग्गाको कुनै नाप नक्शा वा सरजमीन मुचुल्का प्रस्तुत भएको भए सो नाप नक्शा वा सरजमीन मुचुल्का ।