दफा
ऐनको प्रयोग
(१) कुनै कसूरका सम्बन्धमा अदालतबाट सजाय निर्धारण गर्ने तथा त्यसको कार्यान्वयन गर्ने सम्बन्धमा यो ऐन लागू हुनेछ ।
(२) यो ऐन देहायका अवस्थामा लागू हुने छैनः–
(क) अदालतको अवहेलना सम्बन्धी कसूरका सम्बन्धमा सजाय गर्दा,
(ख) “सङ्घीय संसद वा प्रदेश सभाले” चलाएको विशेषाधिकार हनन् सम्बन्धी कारबाहीका सम्बन्धमा सजाय गर्दा,
(ग) यो ऐन लागू हुने छैन भनी कुनै कानूनमा व्यवस्था भएको अवस्थामा ।