दफा ११
ऐनमा तोकिएको दरको अनुपातमा महसूल लिने बारे

हाल भैरहेको वा पछि हुने कुनै ऐन बमोजिम कुनै चीजमा तौल, नाप वा मालको मोलबमोजिम महसूल, अन्तशुल्क वा यस्तै किसिमको कुनै कर लाग्ने भएमा त्यस्तो महसूल लिंदा चीज धेरै थोरै जे भए पनि सोही दरले लाग्नेछ ।