नियम १३
ओलम्पिक कमिटीको दर्ता
(१) ऐनको दफा ३७ को उपदफा (१) बमोजिमका ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष. ओलम्पिक कमिटी र उपदफा (२) बमोजिमका अन्य प्रकृतिका ओलम्पिक कमिटी दर्ता गर्नको लागि सोही दफाको उपदफा (५) बमोजिमका कागजात, विधान र अनुसूची-१ बमोजिमको दर्ता दस्तुर संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा परिषदमा निवेदन दिन पर्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात सम्बन्धमा आवश्यक जाँचबुझ गरी परिषद्ले त्यस्तो ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी र अन्य प्रकृतिका ओलम्पिक कमिटी दर्ता गर्न मनासिब देखिएमा त्यस्तो कमिटी दर्ता गरी अनुसूची-३ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।