नियम १९
औषधि उपचार सुविधा
प्रतिष्ठानमा काम गर्ने बालक बिरामी भई औषधि उपचार गराउनु परेको व्यहोरा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सकद्वारा प्रमाणित भएमा त्यस्तो बालकलाई निजको कूल सेवा अवधिभरमा बढीमा दुई महिनाको पारिश्रमिक बराबरको रकम औषधि उपचार बापत प्रतिष्ठानले उपलब्ध गराउनु पर्नेछ ।