दफा ११ग
औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम जफत वा कब्जा गरिएको लागू औषधमध्ये गाँजा र अफिम नेपाल सरकारले उपयुक्त देखेमा औषधी बनाउने प्रयोजनको लागि कुनै औषधी बनाउने निकायलाई आवश्यक परिमाणमा उपलब्ध गराउन सक्नेछ ।