नियम ५९
कटआउट राख्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घरमा जडान गरिने उर्जामापक यन्त्रको साथमा सुरक्षा तथा लोड लिमिटेडको हिसाबले कटआउट वा सर्किट ब्रेकर जडान गरी उर्जामापक यन्त्रसँग सिल गरी राख्नु पर्नेछ ।
(२) उर्जामापक यन्त्रको नजीकै ग्राहकको तर्फबाट एउटा आइसोलेटीङ्ग स्वीच जडान गर्नु पर्नेछ ।