दफा ५२
कटकेन्दारहरू
: (१) ठेकेदारले कटकेन्दार नियुक्त गर्दा प्रत्येक कटकेन्दारमा आवश्यक व्यावसायिक दक्षता र सुम्पिने काम गर्ने अनुभव छ भन्ने कुरा निश्चित गर्नु पर्नेछ ।
(२) ठेकेदारले कटकेन्दार नियुक्त गरेको मितिले तीस (३०) दिनभित्र प्रत्येक कटकेन्दारको नाम र ठेगाना तथा त्यसको अधिकृत प्रतिनिधिको परिचयसम्बन्धी जानकारी र करारको प्रतिलिपि विभागलाई दिनेछ । ठेकेदारले प्रत्येक कटकेन्दारले गरेको कामको विवरण दफा २८ अन्तर्गतको आफ्नो प्रतिवेदनमा समावेश गर्नेछ ।