दफा ६२
कब्जा गरिएको वन पैदावार, औजार, हतियार, डुड्डा, सवारी तथा चौपायाको माल धनी पत्ता नलागेमा गर्ने
यस ऐन बमोजिम सजाय हुने कसूरसित सम्बन्धित माल वस्तुको धनी पत्ता नलागेमा तहकिकात गर्ने कर्मचारीले कब्जा गरिएको माल वस्तुको हकदार कुनै भए हकदावी गर्न आउनु भनी सबैले देख्ने ठाउ“मा सात दिनको म्याद दिई सूचना टास गर्नु पर्नेछ । उक्त माल वस्तु उपर हकदावी परे निर्णयको लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ । उक्त माल वस्तु उपर हकदावी नपरे वा मुद्दा हेर्ने अधिकारीबाट हकदावी पुग्ने नठहरी फैसला भएमा त्यस्तो माल वस्तु नेपाल सरकारको हुनेछ ।