दफा ३१
कमाउन दिए बापत जग्गामा मोहियानी हक प्राप्त नहुने :
यस ऐनबमोजिम प्राप्त गरिएको कुनै जग्गालाई जग्गा प्राप्त गरिएको प्रयोजनमा नल्याएसम्म नेपाल सरकार वा संस्थाले कबुलियत
गराई कसैलाई दिन सक्नेछ । त्यसरी जग्गा कमाएको नाताले जग्गा कमाउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम मोहियानी हक प्राप्त हुने छैन ।