दफा ४६
कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश दिन सक्ने
: यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खारेजीको प्रक्रियामा रहेको कुनै कम्पनीका सम्बन्धमा अदालतले कुनै पनि बखत देहायको आदेश जारी गर्न सक्नेछ :-
(क) कम्पनीको खारेजी मुलतबी गर्ने वा अन्त्य गर्ने,
(ख) कम्पनीको जायजेथा लिक्विडेटरलाई बुझाउन लगाउने,
(ग) किस्ता तलब माग गरिएको रकम भुक्तानी गर्ने,
(घ) कम्पनीको कुनै सम्पत्ति कसैले भोगचलन गरिरहेको शङ्का भएमा सो भोगचलन रोक्ने, वा
(ङ) लिक्विडेटरलाई आफ्नो काम र कर्तव्य पालना गर्दा वा अधिकार प्रयोग गर्दा बाधा
अवरोध पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने ।