दफा
कम्पनी दर्ता गर्नु पर्ने
: (१) दफा ४ बमोजिम कम्पनी संस्थापना गर्न निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी निवेदन परेको मितिले सात दिनभित्र तोकिएको दस्तुर लिई त्यस्तो कम्पनी दर्ता गरी तोकिए बमोजिमको ढाँचामा निवेदकलाई कम्पनी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । तोकिएको समयभित्र दर्ता नभएमा कार्यालयले प्रस्तावित कम्पनीलाई तीन दिनभित्र
कारण सहितको जानकारी दिनुपर्नेछ ।
(१क) निवेदन तथा प्रमाणपत्र सम्बन्धी कागजातहरु प्रमाणीकरण गर्दा विद्युतीय हस्ताक्षरसमेत मान्य हुनेछ र कागजातहरु विद्युतीय माध्यमबाट प्रस्तुत गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनी दर्ता भएपछि कम्पनी संस्थापना भएको मानिनेछ ।
(३) उपदफा (१) को प्रयोजनको निमित्त तोकिए बमोजिमको ढाँचामा कार्यालयले कम्पनी दर्ता किताब राख्नेछ ।
(४) यस दफा बमोजिम कम्पनी संस्थापना भएपछि यस ऐनको अधीनमा रही प्रबन्धपत्र र नियमावलीमा लेखिएका कुराहरु कम्पनी र यसका प्रत्येक शेयरधनी तथा शेयरधनीहरुबीच एक
आपसमा भएको छुट्टाछुट्टै सम्झौतामा गरिएको व्यवस्था सरह कम्पनी र यसका शेयरधनीहरुलाई
बन्धनकारी हुनेछन्।
(५) यस ऐन बमोजिम कम्पनी दर्ता नगरी कुनै व्यक्तिले कम्पनी शब्दको प्रयोग गरी कुनै
फर्म वा संस्थाको नामबाट कुनै पनि किसिमको कारोबार गर्न पाउने छैन ।