दफा १८
कर सम्बन्धी छुट :

कोषको पूँजी, आम्दानी तथा सम्पत्तिमा कुनै किसिमको आयकर, घर जग्गा कर, सवारी साधन कर, ब्याज कर, बिक्री कर, रजिष्ट्रेशन दस्तुर र भन्सार महसूल लगायत सरकारी वा स्थानीय तहबाट लगाउने कुनै पनि प्रकारका प्रत्यक्ष वा अप्रत्यक्ष कर, दस्तुर वा महसूल लगाइने छैन ।
तर कुनै सेवा वापत लाग्नेशुल्क वा महसूल कोषले बुझाउनेछ ।