दफा १४१
कर सम्बन्धी व्यवस्था
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रभित्र सञ्चालित वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूलाई क्रमश: दश प्रतिशत, सात प्रतिशत र पाँच प्रतिशत कर लाग्नेछ ।
तर गाउँपालिका क्षेत्रभित्र सञ्चालित वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई भने कर लाग्ने छैन ।