दफा २७
करार सम्बन्धी केही व्यवस्था
यो ऐन बमोजिम दर्ता भएको वा दर्ता हुने पानी जहाज भाडामा
लिने वा दिने, माल वा यात्रु ढुवानी गर्ने वा कुनै नौपरिवहन काममा लगाउने सम्बन्धी गरिने
करारको प्रकार यो ऐन र प्रचलित नेपाल कानूनसंग नबाझिने गरी यस ऐन अन्तर्गतको
नियमद्वारा व्यवस्था भए बमोजिम हुनेछ ।