नियम ४३
कर्जा असुली न्यायाधिकरणको कार्यक्षेत्र
: (१) सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही तथा किनारा गर्ने अधिकार कर्जा असुली न्यायाधिकरणको हुनेछ ।

(२) कर्जा असुली न्यायाधिकरणको अधिकार क्षेत्रको प्रयोग सो न्यायाधिकरणका सदस्यहरूले समूहिक रूपमा गर्नेछन्‌ र सहमति नभएमा बहुमतको निर्णय मान्य हुनेछ । (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष सहित दुई जनाको उपस्थितिमा मुद्दाको कारबाही र किनारा गर्न सकिनेछ ।