दफा ८१
कर्जा सूचना केन्द्र
(१) बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानून बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी क्रण कारोबारको सूचना आदान प्रदान गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको कर्जा सूचना केन्द्रले सहकारी संस्थाको हकमा समेत देहाय बमोजिम कर्जा सूचना सम्बन्धी कार्य गर्नेछ:-

(क) सदस्य सहकारी संस्थाको कर्जा प्रवाहमा वस्तुगत उद्देश्य र उपयुक्तता कायम गर्न त्यस्तो सहकारी - संस्थाले प्रवाह गरेको त्र्ठणको सूचना प्राप्त गर्ने,

(ख) खण्ड (क) बमोजिम प्राप्त सूचनालाई सोही खण्डमा उल्लिखित प्रयोजनका निमित्त सदस्य सहकारी संस्थाहरूको बीचमा आदान प्रदान गर्ने,

(ग) खण्ड (ख) बमोजिम प्राप्त सूचनाका आधारमा कालो सूचीमा राख्नु पर्ने भए सो सम्बन्धमा आवश्यक कारबाही गर्ने।

(३) सदस्य सहकारी संस्थाले दश लाख रुपैयाँभन्दा बढी क्रण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ।

(४) सदस्य सहकारी संस्थाले समयमा क्रण नतिर्ने क्रणीको नाम प्रत्येक तीन महिनामा अनिवार्य रुपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।