नियम ३७
कर्तव्य र जिम्मेवारी हुने
(१) यस नियमावलीको पालना गर्ने, गराउने कर्तव्य र जिम्मेवारी मन्त्रिपरिषद्को सचिव र
सम्बन्धित मन्त्रालय वा निकायका सचिवको हुनेछ ।
(२) यस नियमावलीको पालना भए वा नभएको सम्बन्धमा मन्त्रिपरिषद्को सचिवको हकमा
प्रधानमन्त्रीले र मन्त्रालय एवं अन्य निकायका सचिवको हकमा मन्त्रिपरिषद्का सचिवले अनुगमन गर्ने छन् ।
(३) उपनियम (२) बमोजिम अनुगमन गर्ने प्रयोजनको लागि मन्त्रिपरिषद्को सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा अनुगमन समिति बनाई परिचालन गर्न सक्नेछ।