२१. कर्मचारी तथा बजेट सम्बन्धी व्यवस्था
(१) बोर्डमा आवश्यक संख्यामा कर्मचारीहरू रहनेछन् । कर्मचारीको दरवन्दी संख्या अनुसूची –२ बमोजिमको संगठनात्मक संरचनाको
आधारमा अर्थ मन्त्रालयको सहमति लिई बोर्डले स्वीकृत गर्नेछ ।
(२) बोर्डको आफ्नै कर्मचारी नियुक्त नहुन्जेलका लागि आवश्यक कर्मचारी अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ ।
(३) बोर्डमा काम गर्ने कर्मचारीको नियुक्ति, सेवाको शर्त र पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयको सहमतिमा बोर्डले स्वीकृत गरे बमोजिम हुनेछ ।
(४) बोर्डले आवश्यक सम्झेका क्षेत्रमा अर्थ मन्त्रालयको स्वीकृति लिई निश्चित अवधिका लागि सेवा करारमा विज्ञ व्यक्तिको सेवा लिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सेवा करारमा लिइएका विशेषज्ञको सेवा, शर्त तथा सुविधा निजसँग गरिएको करार सम्झौता बमोजिम हुनेछ ।
(६) बोर्डको लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउनेछ