नियम ३७
कर्मचारी र कामको उचित बाँडफाँडको व्यवस्था मिलाउने
३७. कर्मचारी र कामको उचित बाँडफाँडको व्यवस्था मिलाउनेः
(१) नियम ३६ को उपनियम (१) मा तोकिएको अवधिभित्र कुनै कर्मचारीबाट कार्य फछ्र्यौट गर्न लगाउँदा सम्बन्धित कार्यालय प्रमुखले
सोही नियममा तोकिएको अवधिभित्र फछ्र्यौट हुन सक्ने गरी आफ्नो कार्यालयका विभिन्न तहका कर्मचारीबाट कार्य फछ्र्यौट हुने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) न्यायिक वा अर्धन्यायिक निकायमा कार्य गर्नु गराउनु परेमा कानूनले तोकेको प्रकृया र ढाँचामा र अन्य निकाय वा पदाधिकारी समक्ष कार्यालयको कार्यको सिलसिलामा तुरुन्त, अति जरुरी र गोप्य बाहेक सम्बन्धित कार्यालयको महाशाखा/शाखा प्रमुखलाई ध्यानाकर्षण गरी
पत्राचार गर्नुपर्नेछ । यसरी पत्राचारको दर्ता र चलानी सम्बन्धित शाखा÷महाशाखाबाट गर्नु पर्नेछ ।