दफा ८५
कर्मचारी समायोजन
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहमा कर्मचारी समायोजन सम्बन्धी व्यवस्था प्रचलित सङ्घीय कानून बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम कर्मचारी समायोजन नभएसम्मको लागि नेपाल सरकारले निजामती सेवामा कार्यरत कुनै कर्मचारीलाई स्थानीय तहमा कामकाज गर्न खटाउन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुदाका बखत स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिनेछ । जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिनेछ र यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकालाई प्राथमिकता दिइनेछ ।