नियम २४
कर्मचारी समायोजन
(१) परिषद्का कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहका खेलकुद सम्बन्धी संरचनामा समायोजन गर्ने प्रयोजनको लागि परिषद्ले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन तयार गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन तयार गर्दा सङ्घ; प्रदेश र स्थानीय तहमा समायोजन हुने पदहरुको विस्तृत विवरण तयार गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका खेलकुद सम्बन्धी संरचनामा समायोजन हुने पदहरुमा समायोजन हुन चाहने कर्मचारीबाट परिषद्ले निवेदन माग गर्ने गरी सूचना प्रकाशन गर्नु पर्नेछ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्मा कार्यरत स्थायी कर्मचारीले समायोजन हुन चाहेको सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमति लिई आएमा परिषद्ले सोही प्रदेश वा स्थानीय तहमा समायोजन गर्न सक्नेछ।

(५) यस नियम बमोजिम परिषद्का स्थायी कर्मचारीहरुको समायोजन गर्दा प्रचलित कानून बमोजिम तह मिलानको आधार लिइनेछ।

(६) यस नियम बमोजिम प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन भएमा वा जुनसुकै कारणबाट प्रदेश र स्थानीय “तहमा समायोजन हुने पदहरु रिक्त भएमा सो पदको दरबन्दी स्वत: खारेज हुनेछ। (७) यस नियम बमोजिम समायोजन हुन नसकेमा परिषद्का कर्मचारी व्यवस्थापनको लागि परिषद्ले प्रदेश तथा स्थानीय तहका खेलकुद सम्बन्धी संरचनामा कामकाज गर्ने गरी खटाउनेछ।