नियम २२
कर्मचारी सम्बन्धी व्यवस्था
२२. कर्मचारी सम्बन्धी व्यवस्था
(१) कोषको काम कारबाहीलाई प्रभावकारी रुपले सम्पादन गर्न कोषमा आवश्यकता अनुसार कर्मचारीहरु रहनेछन् ।
(२) कोषमा कर्मचारीको आवश्यक व्यवस्था नहुञ्जेलसम्मको लागि कोषलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) कोषले नेपाल सरकारको स्वीकृति लिई आवश्यक पर्ने कर्मचारी अवधि तोकी सेवा करारमा लिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम करारमा लिइएका कर्मचारीको सेवाको शर्त, पारिश्रमिक र अन्य व्यवस्था करारमा उल्लेख भए बमोजिम हुनेछ ।
(५) कोषमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको स्वीकृति लिई समितिले कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता दिन सक्नेछ ।