दफा ९
कर्मचारी सम्बन्धी व्यवस्था
(१) प्राधिकरणको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वीकृतिको लागि दफा १२ बमोजिमको प्राधिकरणको हकमा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ र अन्य प्राधिकरणको हकमा प्रदेश कानून बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्वीकृत दरबन्दी बमोजिम प्राधिकरणमा आवश्यक कर्मचारी रहनेछन्।
(३) उपदफा (२) बमोजिम कर्मचारी नियुक्ति नभएसम्म दफा १२ बमोजिमको प्राधिकरणको हकमा मन्त्रालयले र अन्य प्राधिकरणको हकमा प्रदेश सरकारले काजमा कर्मचारी उपलब्ध गराउनेछ ।
(४) प्राधिकरणमा आवश्यक पर्ने अधिकृत वा सोभन्दा माथिका पदमा स्थायी रूपमा कर्मचारी नियुक्त गरिनेछ।
(५) प्राधिकरणको स्थायी कर्मचारी छनौटका लागि लिइने लिखित परीक्षा प्रदेश लोकसेवा आयोगबाट र दफा १२ बमोजिमको प्राधिकरणको हकमा लोक सेवा आयोगबाट सञूचालन हुनेछ।
(६) प्राधिकरणमा आवश्यक पर्ने सहायक र सहयोगी पदका कर्मचारी सेवा करारद्वारा लिइनेछ।
(७) प्राधिकरणले प्रचलित कानूनको अधीनमा रही आवश्यकता अनुसार विशेषज्ञको सेवा लिन सक्नेछ।
(८) कर्मचारीको नियुक्ति प्रक्रिया, सेवा, शर्त र सुविधा सम्बन्धी अन्य व्यवस्था विनियममा तोके बमोजिम हुनेछ।